राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन मिति तोकियो – Nepal Press

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन मिति तोकियो

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको मिति तोकिएको छ ।

अध्यक्ष नारायणप्रसाद दाहालले चैत २८ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको बताए ।

आजको बसेको राष्ट्रियसभाको बैठकमा नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचनको सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन समेत दिए ।

सत्ता गठबन्धनमा माओवादीले अध्यक्ष लिएपछि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो। तर, नेकपा एकीकृत समाजवादीले पनि उपाध्यक्षमा दाबी गरेपछि यो विषय सहमतिबाट हटाइएको थियो ।

अहिले एमाले र नेकपा एस दुवैले राष्ट्रियसभाको उपाध्यक्ष आफैंले पाउने दाबी गर्दै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर