१५ वर्षदेखि ‘फरार’ माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ – Nepal Press

१५ वर्षदेखि ‘फरार’ माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको नेपाल प्रेसलाई बताए ।

उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् ।

खामविरुद्ध चीनिया ब्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैया लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर