विप्लव भन्छन्- जनताको असली प्रतिनिधि हामी हौँ, पुरानै तरिकाले अब चल्दैन – Nepal Press

विप्लव भन्छन्- जनताको असली प्रतिनिधि हामी हौँ, पुरानै तरिकाले अब चल्दैन

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशका सबै कम्युनिष्ट शक्तिहरूको एकतालाई जोड दिएका छन्।

शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादको लक्ष्यमा पुग्नको लागि कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्ने बताए।

उनले भने- हामीले स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा समस्या आएको हो। मैले देशैभर नेता कार्यकर्तालाई भेटेको पनि छु। अरूको र हाम्रोमा धेरै फरक छ। हाम्रो नेता कार्यकर्तामा आत्मविश्वास छ। लडिन्छ र गरिन्छ भन्ने छ। देशलाई आपत् परेको बेलामा जुरुक्क उठेर काँध थाप्ने शक्ति नेकपासँग छ। जति होला हामी सक्छौँ भन्ने आत्मविश्वास छ। हामीसँग अधिकार छ जनताको न्यायको लागि विद्रोह गर्ने, जनताको असली प्रतिनिधि हामी हौँ। हामीसँग दृष्टिकोण पनि छ।

उनले पार्टीको आदेशमा पुरानै तरिकाले राजनीतिक नचल्ने उल्लेख गर्दै अब पनि एक्लै एक्लै बसेर केही नहुने भएकाले एकजुट हुनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर