शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा ओली र देउवाजीसँग गम्भीर छलफल गर्दैछु: प्रधानमन्त्री प्रचण्ड – Nepal Press

शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा ओली र देउवाजीसँग गम्भीर छलफल गर्दैछु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच छलफल हुन लागेको बताए ।

उनले भने, ‘ऋषिजीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन एकपट्टि शेरबहादुर र अर्कोतिर केपी ओलीलाई राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै यहाँबाट गएर एकातिर शेरबहादुरजी र अर्कोतिर केपीजीसँग बस्दैछौं । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा पनि गम्भीर छलफल गर्दैछौं ।’

प्रचण्डले आफूले सबै राजनीतिक दललाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउने प्रयास गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर