काठमाडौंबाट गाेरखा जाँदै गरेकाे ट्याक्सी त्रिशुलीमा खस्यो – Nepal Press

काठमाडौंबाट गाेरखा जाँदै गरेकाे ट्याक्सी त्रिशुलीमा खस्यो

काठमाडौं । काठमाडौंबाट गाेरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खसेको छ ।

बिहान ४ बजे इच्छाकामना गाउँपालिकाको मुग्लिनदेखि एक किलोमिटर काठमाडौं तर्फको सडकबाट बा २ ख४१९६ ट्याक्सी त्रिशुलीमा खसेको हो ।

गाडीमा चालकसहित पाँच जना सवार थिए  । उनीहरु एकैपरिवारकाे रहेकाे खुल्न आएकाे छ ।

अहिले घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिरहेका छन् । गाडी सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *