एमाले सिन्धुपाल्चोकको अधिवेशन सुरु, अध्यक्षमा दुई जनाको भिडन्त हुने पक्का – Nepal Press

एमाले सिन्धुपाल्चोकको अधिवेशन सुरु, अध्यक्षमा दुई जनाको भिडन्त हुने पक्का

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशन आजदेखि चौतारामा सुरु भएको छ । अधिवेशनको उद्घाटन एमाले केन्द्रीय अनुशासन आयोगका पुर्व अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएपनि कार्यव्यस्तताले गर्दा अध्यक्ष ओली अधिवेशनमा सहभागी भएनन् ।

जिल्लाका १२ पालिका भित्रका १०३ वडा, जनवर्गीय संगठन, मनोनीतसहित अधिवेशनमा ७४७ प्रतिनिधिहरु सहभागी हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

अधिवेशन उद्घाटन समारोहमा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य एवम जिल्ला इञ्चार्ज गोकुल बास्कोटा, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुगेल लगायतका नेताहरुले एमाले केन्द्रले लिएको मिसन ०८४ सफल गराउन सबै नेता कार्यकर्ताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए ।

अधिवेशनमा गाउँ गाउँबाट हजारौ कार्यकर्ताहरु सहभागी भएका थिए । ओली सहभागी हुने भनेपनि नआएपछि गाउँबाट आएका सहभागीहरुले खल्लो अनुभव गरेका थिए ।

बन्द सत्र भोलिदेखि

एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशनको बन्द सत्र भोलि बिहान बाट सुरु हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए । बन्द सत्रको सबै तयारी पुरा भएको नेपालले जानकारी दिए ।

बन्द सत्रमा सांगठनिक, राजनीतिक, आर्थिक लगायत सिन्धुपाल्चोक समृद्धीको खाका पनि पेश हुने छ । प्रतिवेदनहरु पास भएपछि नेतृत्व चयनको कार्य सुरु हुने छ । सर्वसम्मतको प्रयास हुने र नभए निर्वाचन प्रक्रियामा जाने जिल्ला इञ्चार्ज गोकुल बास्कोटाले जानकारी दिए ।

अध्यक्षमा दुई जना

१० औ जिल्ला अधिवेशनमा अध्यक्षमा दुइ जना बिच प्रतिष्पर्धा हुने निश्चित भएको छ । वर्तमान अध्यक्ष कमल नेपाल र एमाले नेता होमनारयण श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो । अन्य पदहरुका आकक्षीले भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर