युट्युबले ९० दिनमा हटायो ९ करोड ५५ लाख बढी भिडियो, सबैभन्दा बढी भारत र सिङगापुरबाट – Nepal Press

युट्युबले ९० दिनमा हटायो ९ करोड ५५ लाख बढी भिडियो, सबैभन्दा बढी भारत र सिङगापुरबाट

काठमाडौं । युट्युबले ९० दिनमा २ करोड ५ लाखबढी च्यानल र ९ करोड ५५ लाख बढी भिडियोहरू हटाएको छ ।

युट्युबले ९० दिनमा २ करोड ५ लाख ९२ हजार ३४१ युट्युब च्यानल र ९ करोड ५५ लाख ३४ हजार २३५ भिडियोहरू ‘कम्युनिटी गाइडलाइन्स स्ट्राइक्स’ ले गर्दा हटाएको हो ।

युट्युबले ९० दिनमा तीन वटा कम्युनिटी गाइडलाइन्स स्ट्राइक्स पर्ने च्यानल अथवा भिडियोलाई हटाउने गर्दछ । जसमा सन् २०२३ को अक्टोबरदेखि डिसेम्बरसम्म २ करोड ५ लाख ९२ हजार ३१४ च्यानल परेका हुन् । युट्युब च्यानलमा स्ट्राइक्स लागेर च्यानल नै हटाइदिँदा उक्त च्यानलमा भएका सबै भिडियो स्वतः हट्ने गर्दछन् ।

युट्युबले सार्वजनिक गरेका ‘ट्रान्सपेरेन्सी रिपोर्ट’ अनुसार सबैभन्दा बढी ९२.८ प्रतिशत च्यानलहरू स्प्याम र मिसलिड गर्नेहरू परेका छन् । भने, संवेदनशील र यौनसम्बन्धी ४.५ प्रतिशत, गलत जानकारी दिने च्यानल ०.९ प्रतिशत, बाल सुरक्षा सम्बन्धी ०.५ प्रतिशत, घृणित तथा अपमानजनक ०.५ प्रतिशत, हिंसा र हिंसात्मक ०.२ प्रतिशत, अतिवादको प्रचार गर्ने, उत्पीडन र साइबर बुलिङ ०.१ प्रतिशत र हिंसात्मक वा ग्राफिक्स गर्ने ०.१ प्रतिशत च्यानलहरु युट्युबबाट हटाइएका छन् ।

त्यस्तै सबैभन्दा बढी २२ लाख ५४ हजार ९०२ भिडियोहरू भारतबाट हटाइएका छन् । भने, सिंगापुरबाट १२ लाख ४३ हजार ८१७ भिडियो हटाइएका छन् । सबैभन्दा कम इराकबाट ४१ हजार १७६ वटा भिडियोहरू हटाइएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर