अनेरास्ववियुले गर्‍यो रक्षा बमलाई निलम्बन, निष्पक्ष अनुसन्धानका लागि प्रहरीसँग माग – Nepal Press

अनेरास्ववियुले गर्‍यो रक्षा बमलाई निलम्बन, निष्पक्ष अनुसन्धानका लागि प्रहरीसँग माग

उजुरी परेकै आधारमा निजी जीवनमाथि आक्रमण नगर्न अनेरास्ववियुका अध्यक्ष बडालको आग्रह

काठमाडौं । अनेरास्ववियुले स्थायी समिति सदस्य रक्षा बमलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । बममाथि प्रहरीले अनुसन्धान गरिरहेकाले सो प्रक्रिया पुरा नहुञ्जेल निलम्बनमा राखिएको संगठनले जनाएको छ ।

आपराधिक लाभ लिएको अभियोगमा बमलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । उनीमाथिको अनुसन्धान जारी छ । अखिलका अध्यक्ष समिक बडालले प्रेस विज्ञप्ति जारी गर्दै निष्पक्ष अनुसन्धानका लागि प्रहरीसँग माग गरेका छन् ।

‘सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि उजुरी परेकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने, अनुमानका आधारमा शीर्षक बनाएर चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गर्ने र अनुसन्धानलाई प्रभावित पार्ने कार्य भइरहेकोमा उक्त गतिविधिहरूमा संगठनको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियु कानूनी राज्यको वकालत गर्ने संगठन भएकाले निष्पक्ष प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता बडालले व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *