गृहमन्त्री छोड्छु तर कसैलाई पनि बिना कारण छोडिदैन : गृहमन्त्री लामिछाने – Nepal Press

गृहमन्त्री छोड्छु तर कसैलाई पनि बिना कारण छोडिदैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले आफूले पद छोड्ने तर कसैलाई पनि बिनाकारण नछाड्ने बताएका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा उनले जवाफ दिने क्रममा यस्तो बताए ।

यस्तो छ लामिछानेको भनाइः

सदस्य भएर बस्दा र सरकारका बस्दा कुनै फरक हुदैँन । जवरजस्ती कुनै पनि गर्न नसकेमा बसिरहनका लागि पनि आएको होइन । केहि गरौ र गरेर देखाउनका लागि आएको हो । मलाई एकदमै निर्मम भएर प्रश्न गर्नुहोला ।

कुनै दल वा स्वार्थ समूहलाई जोगाउने काम हुदैँन । सबै कालखण्डका घटनाको छानविन गर्र्ने जिम्मेवारी हो । त्यो गर्छौ । निर्मला पन्तको विषयलाई मिहिन ढंगले अध्ययन गरिरहेको छु । तर, त्यहाँ केहि न केहि कमजोरी भएकाले त्यसलाई नजर अन्दाज गर्न सकिदैन ।

समाएर छोड्ने भन्ने होइन । कसैलाई हाजिरी जमानीमा मात्रै छोडिएको हो । छोड्नुपर्ने कुनै कारण छैन । बिना कारण छोड्नुपर्ने भए म आफै छोड्न तयार छु । तर, त्यसरी बिना कारण कोही कसैलाई छोड्न सकिदैन । सुन तस्करीको प्रतिवेदन प्राप्त गर्ने वित्तिकै मैले अध्ययन गरे । त्यसपछि प्रधानमन्त्रीलाई भेटेर छलफल गरेर मन्त्रिरिषदबाट निर्णय पनि भइसकेको छ ।

प्रतिवेदन सार्वजनिक गर्न कुनै आपत्ति छैन । तर, कतिपय सम्वेदनशिलतलाई ख्याल गरेर अहिले सार्वजनिक गरिएको होइन । कुनै न कुनै बेला प्रतिवेदन सार्वजनिक गर्छौ । कार्यविधिले दिएको अधिकारलाई टेकेर हतियारको लागि लाइसेन्स दिइएको हो ।

त्यसलाई केहि सच्याउनुपर्ने जरुरी छ । लावालस्कर सहित सुरक्षाकर्मी बोक्नुपर्छ भन्ने पक्षमा म छैन । नीति निर्माण तहमा भएकाले यसलाई कसरी घटाउने भन्नेमा म गम्भीर छु । रात्रिकालीन विषयमा दरबारमार्गमा समस्या छैन ।

तर, ठमेलमा समस्या छ । केहि समस्या आयो भने त्यसलाई पुर्नविचार गर्नुपर्ने गम्भिर भएर सोच्नुपर्ला । यति ठमेलमा समस्या हो भने दरबारमार्गबाट सुरु गरौ । बिस्तारै त्यहाँबाट लिदैँ जाउ । प्रहरी र एपीएपले चलाएका पेट्रोल पम्प २४ घण्टा नै सञ्चालनमा ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर