बुधबारको संसदीय समितिकाे बैठकमा गृहमन्त्री लामिछाने उपस्थित हुने – Nepal Press

बुधबारको संसदीय समितिकाे बैठकमा गृहमन्त्री लामिछाने उपस्थित हुने

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भएका छन् ।

समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरलाई बोलाएकोमा पदेन सदस्यको हैसितमा लामिछाने पनि उपस्थित हुन लागेका हुन् ।

समितिले बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछाने पनि उपस्थित हुने जानकारी समितिलाई गराइएको समितिका सचिव सुरजकुमार दुराले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ । उपप्रधान एवम गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य रहेका थिए । उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसकेपछि स्वत पदेन सदस्य भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर