वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनावश्यक दु:ख नदिन गृहमन्त्रीको निर्देशन – Nepal Press

वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनावश्यक दु:ख नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा-आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न उनले निर्देशन दिएका हुन् ।

विदेशीका लागि अध्यायमन देशको मुहार रहेको उल्लेख गर्दै उनले मुहार नराम्रो भए देशप्रति धारणा सकारात्मक नबन्ने बताए । उनले विगतमा भएका घटना र प्रवृत्तिहरु आगामी दिनमा नदोहोर्‍याउन पनि सम्झाए । दलीय आबद्धताका कारण कसैले पनि संरक्षण नपाउने पनि उनले प्रष्ट पारे ।


प्रतिक्रिया

One thought on “वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनावश्यक दु:ख नदिन गृहमन्त्रीको निर्देशन

  1. धन्यवाद छ गृहमन्त्री रबि sir लाई ठोस कानुन बनोस नेपाल मा। कुनै पनि अपराधीहरू र चोर दलाल हरु उम्कन नपाउन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर