लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचारमा दोषी ठहर – Nepal Press

लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका केही वडामा विजुली ल्याउन भएको विद्युत सामान खरिद अनियमिततामा तत्कालिन गाउँपालिका अध्यक्षसहित ६ जना दोषी ठहर भएका छन्।

विशेष अदालतले २६ जना आरोपीमध्ये २० जनालाई भने सफाई दिएको छ।

टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले तत्कालिन गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना गरेको छ।

राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवानाको सजाय सुनाइएको छ। दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामाको हकमा ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ। न्यौपाने तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र डिम्दोङ लेखापाल हुन्।

यस्तै सामान ल्याउने ठेकेदार कम्पनीका सन्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवाना भएको छ।

आर्थिक वर्ष २०७४/७५ र ०७५/७६ मा लिखु तामाकोशीका वडा-४ विजुलीकोट, वडा-५ नागदह र वडा-१ दुरागाउँमा विजुली ल्याउन प्रकृया नपुर्‍याई सामान खरिद गरेर भ्रष्टाचार गरेको आरोपमा तत्कालिन गाउँपालिका अध्यक्ष खड्कासहित २६ जनामाथि लागेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर