नेपालले आयरल्याण्ड ‘ए’ सँग आज दोस्रो खेल खेल्दै – Nepal Press

नेपालले आयरल्याण्ड ‘ए’ सँग आज दोस्रो खेल खेल्दै

काठमाडौं । आयरल्यान्ड ‘ए’ टीमसँगको दुई टी-२० अभ्यास खेलअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ । खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग घरेलु मैदानमा दुई टी-२० अभ्यास खेल खेलिरहेको छ । नेपालले पहिलो खेल सोमाबार खेलेको थियो ।

पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएको थियो । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालले आज दोस्रो खेल खेलेपछिनेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी-२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र १८ गते टी-२० खेल र चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर