आयरल्यान्डविरुद्ध नेपालको राम्रो सुरुआत – Nepal Press

आयरल्यान्डविरुद्ध नेपालको राम्रो सुरुआत

काठमाडौं । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ७ ओभरको खेल सकिदा ३ विकेट गुमाउँदै ४३ रन जोडेको छ ।

नेपालका करण केसी, गुल्सन झा र ललित राजवंशीले एक-एक विकेट लिए । सातौँ ओभरको दोस्रो बलमा गुल्सनले तेस्रो विकेट लिएका हुन् । उनले मोर्गन टपिङलाई शून्य रनमा आउट गरेका हुन् ।

यसअघि पहिलो ओभरको दोस्रो बलमा नेपालका करण केसीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए । ललित राजवंशीले चौथो ओभरको अन्तिम बलमा आयरल्यान्डका केड कारमाइकललाई ८ रनमा एलबिडब्यु गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर