ललितपुरको ग्याङ फाइट : खाजाघरभित्रै कुटाकुट र चक्कु हानाहान, के थियो कारण ? – Nepal Press

ललितपुरको ग्याङ फाइट : खाजाघरभित्रै कुटाकुट र चक्कु हानाहान, के थियो कारण ?

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको मृत्यु हुनेगरी भएको झडप पुरानै रिसिइबीका कारण भएको खुलेको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुवै समूहको पुरानो रिसिइबी थियो ।

प्रहरी स्रोतका अनुसार घटना डि पोपिना खाजाघरभित्रै भएको हो । मृतक पुजन राईको समूह त्यहाँ रक्सी खाएर बसिरहेको थियो । सोही समयमा अर्का मृतक रोवस राई समूहकाहरू त्यहाँ आएपछि विवाद भएको हो । तर त्यहाँ रोवस भने पछि मात्रै आएका हुन् ।

प्रहरी स्रोत भन्छ, ‘दुई समूहको पुरानो रिसिइबी देखिन्छ । पुरनको समूह त्यहाँ बसिरहेको समयमा अर्को समूहका आएपछि विवाद भएको देखियो । उनीहरूले रेवशलाई घरबाट ९ बजेर ५८ मिटेनमा बोलाएको देखिन्छ । त्यसपछि विवादले उग्रह रुप लिएको देखियो ।’

पुजनको समूहले यहाँ किन आएको ? भनेपछि विवाद सुरू भएको बुझिएको प्रहरीले जनाएको छ । घटनामा खाजाघरका सञ्चालकको पनि संलग्नता देखिइएको बताइएको छ ।

घटना खाजाघरभित्रै भएको प्रहरीको भनाइ छ । त्यहाँ रगत देखिएको छ । बाहिर पनि चक्कु भेटिएको छ । अहिले घटनामा संलग्न भएको भन्दै अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिइएको छ ।

११ बजेमात्रै उनीहरुलाई अस्पताल पुर्‍याइएकोमा प्रहरीले त्यसपछि थाहा पाएको थियो । एकजनालाई स्कुटरमा अस्पताल पुर्‍याएर उनीहरू भागेको र अर्कोलाई खाजाघर सञ्चालकले ट्याक्सीमा राखेर अस्पताल पुर्‍याएको पाइएको प्रहरीले जनाएको छ ।

घटनास्थल वरिपरिका मान्छे आफूहरूलाई केही पनि थाहा नभएको बताएका छन् ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई छन् । उनीहरूमध्ये पुजनलाई कोखा र रोबसलाई खुट्टामा चक्कु हानिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर