आजको मौसम- यी ठाउँमा पानी पर्ने सम्भावना – Nepal Press

आजको मौसम- यी ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको असर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षासँगै देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा मौसम बदली हुनुका साथै एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *