पीडित परिवारलाई जनही आठ लाख दिने सहमतिपछि अवरुद्ध राजमार्ग सुचारू – Nepal Press

पीडित परिवारलाई जनही आठ लाख दिने सहमतिपछि अवरुद्ध राजमार्ग सुचारू

रूपन्देही । दाङको देउखुरीमा शनिबार सडकमा छाडेको तारबाट करेन्ट लागेर मृत्यु भएका पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ दिने सहमतिपछि दिउँसोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारू भएको छ ।

शुक्रवार दिउँसों राप्ती गाउँपालिका वडा नं ३ मा बिद्युतको ११ केभीको हाइटेन्सन लाइन चुँडिएर खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

तार एकाएक चुडिएर शरिरमाथि खस्दा राप्ती गाउँपालिका–३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो । दिलसरा र कृष्णको घटनास्थलमा मृत्यु भएको थियो। गोरखबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो ।

बिद्यूत प्राधिकरणको लापर्वाहीले उक्त घटना भएको भन्दै पीडित परिवार आफन्तले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत राप्ती गाउँपालिका ३ मसुरिया खण्ड अवरुद्ध गरेका थिए ।

पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ राहत दिने सहमति भएसँगै पीडित पक्षले बन्द गरेको पूर्वपश्चिम महेन्द्र राजमार्ग खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले बीमा बापत जनही पाँच–पाँच लाख, जिल्ला विपदबाट जनही दुई–दुई लाख र प्रदेश विपदबाट जनही एक–एक लाख रुपैयाँ दिने सहमति भएको बताए। त्यसैगरी पीडित परिवारलाई प्राधिकरणमा रोजगारीको लागि पहल गरिने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *