सामाजिक सुरक्षा कोषमा १४५ मिडिया आवद्ध, नियमित योगदान गर्ने नेपाल प्रेससहित ३८ वटा (सूचीसहित) – Nepal Press

सामाजिक सुरक्षा कोषमा १४५ मिडिया आवद्ध, नियमित योगदान गर्ने नेपाल प्रेससहित ३८ वटा (सूचीसहित)

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मिडियाको संख्या १४५ पुगेको छ । २०७५ मंसिर ११ गतेदेखि कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजना तथा कार्यक्रमको औपचारिक सुभारम्भ गरेकोमा पाँच वर्ष वितिसक्दासमेत १४५ मिडिया मात्रै सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।

अहिलेसम्म १८ हजार ७८५ वटा रोजगारदाता सामाजिक सुरक्षा कोषमा आवद्द भएकोमा त्यसको शून्य दशमलव ७७ प्रतिशत अर्थात १४५ वटा मात्रै मिडिया रोजगारदाताका रुपमा सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका हुन् ।

जम्मा सूचीकृत मिडियामध्ये पनि करिव २६ प्रतिशत अर्थात ३८ वटा मिडियामा कार्यरत कर्मचारीकाे पुष महिनासम्म ५४८ र माघ  महिनासम्म ५३९ जनाको मात्रै नियमित योगदान रकम जम्मा भइरहेको कोषका सहायक प्रवक्ता एवम् उपनिर्देशक रोहित रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार त्यो बाहेक सूचीकृत भएर पनि ७४ प्रतिशत अर्थात १०७ वटा मिडियाले योगदान गर्न सुरु गरेका छैनन् ।

मिडियामा सबैभन्दा बढी ओम्नीकम मिडिया ग्रुप नेपाल प्रालिबाट सबैभन्दा बढी १७९ जना कर्मचारीको नियमित योगदान भइरहेको छ भने दोस्रो सेतोपाटी सञ्चार प्रालिबाट ४९ जना कर्मचारीको नियमित योगदान भइरहेको छ ।

यस्तै, तेस्रोमा हिमाल मिडिया प्रालिबाट ३७, एनआईटीभी स्ट्रिम्ज प्रालिबाट ३३, नेपाल इप्रेस मिडिया प्रालिबाट २४, बीबीसी वर्ल्ड सर्भिसबाट २० जना र लोकान्तर सञ्चार प्रालिबाट २० जनाको नियमित योगदान भइरहेको छ ।

यस्तै, मिटिङ पोइन्ट प्रालीबाट १८ जना, कम्युनिकेशन कर्नर प्रालीबाट १७ जना, इन्भाइरोमेन्ट कन्जरभेसन इनिसियटिभ नेपाल प्रालीबाट १६ जना,  कम्युनिटी इन्फरमेसन नेटवर्क (सीआईएन) बाट १३ जना, अलाइन्स प्रिन्टर एण्ड मिडिया हाउस प्रालीबाट १३ जना, विकास मिडिया प्रालीबाट १२ जना, डिजिटल सिनेमा नेपाल प्रालीबाट १२ जना, चाणक्य मिडिया प्रालीबाट ११, बिजकयेर नेपाल प्रालीबाट १०, बिजनेश भेन्चर मिडिया प्रालीबाट नाै जना र मिडियम नेपाल प्रालीबाट सात जनाको नियमित योगदान भइरहेको छ ।

काठमाडौं उपत्यकाकै बिज मिडिया प्राली र एसओएस मिडिया प्रालीबाट पाँच–पाँच जना, उज्यालो मल्डिमिडिया प्रालीबाट चार, कखरा न्यूज प्राली र ओपी मिडिया प्रालीबाट तीन–तीन जना, हिमशिला मिडिया कम्पनी प्राली, सरुना मिडिया एण्ड मार्केटिङ प्राली र हेराल्ड कम्युनिकेशन प्रालीबाट दुई–दुई जना कर्मचारीको नियमित योगदान भइरहेको छ । यस्तै प्रोमिस मिडिया प्राली, आरआर मिडिया सर्भिस, आन्भी क्रियटरर्स प्राली, फ्रन्टलाइन नेपाल प्राली र नेपाल समय प्रालीबाट एक–एक जना कर्मचारीको मात्रै योगदान भइरहेको छ ।

 

योगदान सुरु गरेको भए पनि पछिल्लो दुई महिनामा गाेर्खा मिडिया नेटवर्क, अन्नपुर्ण ब्राेडकास्ट मिडिया प्राली, स्पेश टाइम नेटवर्क प्राली, कञ्चन बहुउद्देश्यि कम्पनी प्राली, शिलापत्र मिडिया प्राली, कथा नेपाल प्राली, सिम्पल मिडिया नेटवर्क प्राली, ब्रिस्क फरवाडिङ प्राली, ठुलोपर्दा मिडिया प्राली, एपिरियन नेपाल, ट्रि मिडिया प्राली, साझा सवाल मिडिया प्राली, अभिवनावन मिडिया प्राली, बिन्दबासिनी डिजिटल केवल नेटवर्क, ब्रोडकास्ट एसोसिएसन नेपाल र बिट क्रियसन प्रालीले एक जना कर्मचारीको पनि योगदान रकम जम्मा गरेका छैनन् ।

पछिल्लाे समय  नियमित योगदान गर्ने ५४ मिडिया, पछिल्लाे दुइ महिनादेखि १६ मिडियाले याेगदान गर्न छाेडे

काठमाडौं उपत्यका बाहेक सिन्धुपाल्चोकमा सञ्चालित रेडियो सिन्धु ६ जना, रामेछापको जनसहारा कम्युनिकेशन कोअपरेटिभ समाज लिमिटेबाट पाँच, सुनसरीको बिन्दबासिनी डिजीटल केवल नेटवर्कबाट तीन जना, पोखराको एड्भान्टिस्ट नेपालबाट दुई जना, प्रदेश पब्लिकेशन प्राली सुर्खेतबाट दुई जना, कैलालीको थ्रि स्टार मिडियाबाट एक जनाले नियमित रुपमा योगदान गरिरहेका छन् ।

यि बाहेक १०९ वटा मिडिया सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको भए पनि नियमित रुपमा योगदान गरिरहेका छैनन् । कुनै पनि मिडिया वा प्रतिष्ठानले अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने कानूनी व्यवस्था छ ।

यी हुन दर्ता भएका १४५ वटा मिडिया

 

१८ हजार ७८५ रोजगारदातामार्फत सवा १२ लाख भन्दा बढी योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचीकृत

सामाजिक सुरक्षा कोषको पछिल्लो तथ्यांक अनुसार देशभरबाट १८ हजार ७८५ रोजगारदातामार्फत १२ लाख २१ हजार ५४२ जना योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।

जसमा सबैभन्दा बढी सात लाख ३२ हजार ८७८ योगदानकर्ता वैदेशिक रोजगारीमा गएका श्रमिक, चार लाख ८८ हजार ३६७ औपचारिक क्षेत्रमा कार्यरत योगदानकर्ता, २२० जना अनौपचारिक क्षेत्रमा योगदानकर्ता र सबैभन्दा कम ७७ जना स्वरोजगार क्षेत्रका योगदानकर्ता रहेका छन् ।

अहिलेसम्म ५१ अर्ब ६२ करोड योगदान रकम जम्मा भइसकेको छ भने २९ दुई लाख ९६ हजार ७७७ योगदानकर्ताले आठ अर्ब ३३ करोड रुपैयाँ विभिन्न योजनावाफत भुक्तानी लिइसकेका छन् ।

२०७४ कात्तिक २५ गतेबाट योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनमा आएर २०७६ साउन एक गतेदेखि योगदान रकम संकलन सुरु भएको थियो । २०७४ साउन २९ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएको हो ।

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई त्यसै बमोजिम २०६७ साल चैत्र सात गते भएको हो । कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि उक्त ऐन बमोजिम कार्य गर्दै आएको छ ।

ऐनको प्रस्तावनामा उल्लेखित श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका उद्देश्य हो ।

सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने व्यवस्था छ । जसले गर्दा कोषको कार्यक्षेत्रलाई व्यापक बनाएको छ ।

त्यसै ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाको दायरा किटान गरिएको छ । ऐनमा उल्लेखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा छ ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्ने जस्ता कार्य गरिरहेको छ ।

कोषले गर्ने कार्य सम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै आएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन कोषबाट हुने व्यवस्था गरिएकोमा यस कोष अन्तर्गतका सामाजिक सुरक्षा योजनालाई अर्थतन्त्रका औपचारिक क्षेत्रका अतिरिक्त अनौपचारिक तथा स्वरोजगार र वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै यस प्रणालीलाई समतामूलक र समाजवादउन्मुख अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि कोष लागिपरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर