पूर्व-पश्चिम राजमार्गको लमही-भालुवाङ सडकखण्ड अवरुद्ध – Nepal Press

पूर्व-पश्चिम राजमार्गको लमही-भालुवाङ सडकखण्ड अवरुद्ध

रुपन्देही । दाङको देउखुरीमा शनिवार सडकमा छाडेको तारबाट करेन्ट लागेर ३ जनाको मृत्यु भएपछि मृतकका परिवारले पूर्वपश्चिम राजमार्ग बन्द गरेका छन् । उनीहरूले आइतबार १२ बजे देखि बन्द गराएका हुन् ।

दाङको राप्ती गाउँपालिका-३ मसुरियामा शनिवार विद्युतको नाङ्गो तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु भएपछि मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग बन्द गरेका हुन् ।

आज दिउँसो साढे १२ बजे देखि लमही-भालुवाङ सडक खण्डको मसुरियामा सडक अवरुद्ध पारेका छन्।

अहिले पनि वार्ता चलिरहेको छ । तर सहमति नहुन नसक्दा बाटो बन्द कायमै गर्ने मृतकका परिवारले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *