सुन तस्करी प्रकरणको प्रतिवेदन पढ्न सहसचिव नेतृत्वमा समिति गठन – Nepal Press

सुन तस्करी प्रकरणको प्रतिवेदन पढ्न सहसचिव नेतृत्वमा समिति गठन

काठमाडौं । गृह मन्त्रालयले सुन तस्करी प्रकरणको छानबिन समितिको प्रतिवेदन अध्ययन गर्नका लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्री स्तरीय निर्णय गर्दै कानून महाशाखा प्रमुखसमेत रहेका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्यीय प्रतिवेदन अध्ययन समिति गठन गरेको हो ।

समितिमा रिजालसँगै नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखा प्रमुखसमेत रहेका उपसचिव रामबहादुर शाही रहेका छन् ।

अध्ययनपछि कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्ने गरी अध्ययन समिति बनाइएको गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर