वर्षाले बिथोल्दै होलीको राैनक, तीन प्रदेशमा बिहानैदेखि मौसम बदली – Nepal Press

वर्षाले बिथोल्दै होलीको राैनक, तीन प्रदेशमा बिहानैदेखि मौसम बदली

हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भु(भागमा आंशिकदेखि मुख्यतया सफा रहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भुभागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनले जनाएको छ ।

आज हिमाली तथा पहाडी जिल्लामा फागू पूर्णिमा मनाइँदैछ । तर उपत्यकासहित अधिकांश जिल्लामा विहानैदेखि वर्षा भइरहेको छ । जसको कारण होली खेल्न साथीभाई आफन्त भेला हुन पाएका छैनन्। वर्षाले हाेलीकाे राैनक बिथाेल्ने चिन्ता थपिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *