नेपाल एयरलाइन्सको ट्वीनअटर विमान गुल्मीको रेसुङ्गामा रोकियो, काठमाडौंबाट प्राविधिक बोलाइयो – Nepal Press

नेपाल एयरलाइन्सको ट्वीनअटर विमान गुल्मीको रेसुङ्गामा रोकियो, काठमाडौंबाट प्राविधिक बोलाइयो

रुपन्देही । खराब मौसमका कारण नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएपछि काठमाडौंबाट प्राविधिकलाई बोलाइएको छ । बुधबार रेसुङ्‍गाबाट काठमाडौंका लागि उडेको जहाज प्रतिकूल मौसमका कारण रेसुङ्‍गामै फर्काएर अवतरण गरिएको थियो ।

बुधबार बिहान काठमाडौं–रेसुङ्‍गा सफल उडान भरेको उक्त जहाज रेसुङ्‍गा–काठमाडौं उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्‍गामै रोकिएको नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनसिंह थापाले बताए ।

बुधबार मौसम खराबीले रोकिएको उक्त जहाज पुनः रेसुङ्‍गाबाट उडान भर्नुपूर्व जहाजको चेकजाँच गर्नु पर्ने हुन्छ । तर, गुल्मीमा जहाज चेकजाँच गर्ने इन्जिनियर नहुँदा काठमाडौंबाट बोलाइएको र बिहीबार आइपुगेपछि शुक्रबार बिहान मौसम सफा भए उडान हुने उनको भनाइ छ ।

एकपटक समस्या आइसकेपछि इन्जिनियरले अनुमति दिएपछि जहाज उडान गर्नुपर्ने भएकाले रोकिएको हो । अहिले यहाँबाट सातामा तीन दिन उडान हुँदै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *