आइपीएल : धोनीले १६ वर्षपछि त्यागे सीएसकेको कप्तानी, रितुराज नयाँ कप्तान – Nepal Press

आइपीएल : धोनीले १६ वर्षपछि त्यागे सीएसकेको कप्तानी, रितुराज नयाँ कप्तान

काठमाडौं । आइपीएल २०२४ को पूर्वसन्ध्यामा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्सको कप्तानी परिवर्तन भएको छ ।

सुरुदेखि अनवरत कप्तान रहेका महेन्द्र सिंह धोनीले कप्तानी परित्याग गरेका छन् । सन् २००८ देखि नै सिएसकेलाई धोनीले कप्तानी गर्दै आएका थिए । उनले छोडेपछि रितुराज गाइक्वाडलाई नयाँ कप्तान बनाइएको छ ।

यसअघि सन् २०२२ मा पनि धोनीले कप्तानी छोडेका थिए र रविन्द्र जडेजालाई कप्तान बनाइएको थियो । तर, केही म्याच खेलेपछि जडेजा पछि हटे र धोनी फेरि कप्तान बनेका थिए ।

सिएसकेले आजसम्म खेलेका २४९ खेलमध्ये २३५ वटामा धोनीले कप्तानी गरेका छन् । उनको कप्तानीमा सिएसकेले ६ पटक आइपीएलको उपाधि जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर