नेपालमा दलहरुले परिणाम नदिएर राजतन्त्रको माहोल बढ्यो: भारतीय पूर्वराजदूत पुरी – Nepal Press

नेपालमा दलहरुले परिणाम नदिएर राजतन्त्रको माहोल बढ्यो: भारतीय पूर्वराजदूत पुरी

काठमाडौं । नेपालका लागि भारतका पूर्व राजदूत मन्जित सिंह पुरीले नेपालमा दलहरुले राम्रो परिणाम नदिएकोले राजतन्त्रको माहोल बढेको बताएका छन् ।

भारतीय अखबार ट्रिब्युन इन्डियामा नेपालबारेको आलेख लेख्दै पुरीले यस्तो बताएका हुन् । पछिल्लो हप्ता काठमाडौंमा भएको राजतन्त्र र हिन्दु राष्ट्रको प्रदर्शनलाई उदाहरण दिँदै पूर्व राजदूत पुरीलेको भिडपछि अर्थतन्त्र लयमा नआएको तथा राजनीतिक नेतृत्वले परिणाम नदिएर केहीले राजतन्त्र नै सहि थियो भन्ने सोच्न थालेको बताए ।

पहिलेपहिले हिन्दु राज्य र सांस्कृतिक राजामा ओली सकरात्मक भएको, देउवा हिन्दु राज्यमा पक्षधर भएको र प्रचण्डले पनि राजतन्त्र जनाउने दौरासुरुवाल लगाएको पुरीले तर्क गरेका छन् ।

नेपालको संविधानमा धर्म निरपेक्ष भएपनि हिन्दु धर्मको पक्षमा माहोल भएको उनको भनाई छ ।

कांग्रेसलाई भारत, कम्युनिष्टलाई चीन र रास्वपामा युरोप अमेरिकी पक्षधर भनेका पुरीले अहिलेको गठबन्धन चीन र अमेरिकी शक्तिको भएको बताए ।

पछिल्लो समयमा नेपाल बुझेका भारतीय जानकारहरुले नेपालमा राजतन्त्रको माहोल बलियो बन्दै गरेको सार्वजनिक तर्क गरेका छन् । केहीदिन अगाडि एसडी मुनीले भारतलाई नेपालमा राजतन्त्र नभएर धेरै शक्ति केन्द्रसँग डिल गर्न गाह्रो भएको बताएका थिए । उनले अमेरिकी मिडिया डिप्लोम्याटलाई अन्तर्वातामा यस्तो बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर