पोखराका मेयर धनराज आचार्यलाई मातृ शोक – Nepal Press

पोखराका मेयर धनराज आचार्यलाई मातृ शोक

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ । मेयर आचार्यकी आमा जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा आज निधन भएको हो ।

पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शवलाई आजै तुलसीघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *