संसदमा कांग्रेसको अडानः गृहमन्त्रीले राजीनामा दिनैपर्छ (भिडिओ) – Nepal Press

संसदमा कांग्रेसको अडानः गृहमन्त्रीले राजीनामा दिनैपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनाको अडान कायमै राखेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दीपक गिरीले सहकारी ठगीमा प्रकरणमा अनुसन्धान भइरहेकै व्यक्ति गृहमन्त्री बनेपछि निष्पक्ष अनुसन्धानमा आशंका बढेको बताए।

उनले भने, उहाँमाथि प्रहरीले अनुसन्धान अघि बढाइएको थियो। सीआइबीले सहयोग गरिरहेको थियो। तत्कालिन गृहमन्त्रीले छानविन अघि बढाउन निर्देशन पनि दिनुभएको थियो। तर अहिले सत्ता गठबन्धन बदलियो। अनुसन्धान हुनुपर्ने व्यक्ति गृहमन्त्री भएर आउनुभएको छ। जसरी पनि गृहमन्त्रालय नै चाहिन्छ भनेर सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखियो। तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौं।

उनले आफैंले आफैंलाई कारवाही गरेको नजिर नभएको उल्लेख गर्दै मुद्दालाई प्रभावित गर्ने तवरले अघि बढ्ने कानूनी राज्यमा सुहाउँदो नभएको भन्दै आपत्ति जनाए।


प्रतिक्रिया

One thought on “संसदमा कांग्रेसको अडानः गृहमन्त्रीले राजीनामा दिनैपर्छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर