कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा, भैरहवाबाट काठमाडौं ल्याइँदै – Nepal Press

कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा, भैरहवाबाट काठमाडौं ल्याइँदै

दाङ । माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आज रुपन्देहीबाट नियन्त्रणमा लिइएको हो ।

महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ ।

उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए । उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर