एक सातापछि खुल्यो कर्णाली पुल, तत्काल एकतर्फी सवारी चल्ने – Nepal Press

एक सातापछि खुल्यो कर्णाली पुल, तत्काल एकतर्फी सवारी चल्ने

कैलाली । पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । अघिल्लो सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो ।

त्यसपछि बन्द रहेको पुल आजबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावमा आजबाट एकतर्फी यातायात सुरु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *