जसपाले गर्यो जाग्रीको अध्यक्षतामा केन्द्रीय सम्पर्क समिति पुनर्गठन
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० चैत ५ गते ७:०४
![](https://www.nepalpress.com/wp-content/uploads/2022/02/jasapa-jsp-jaanata-samajwadi-party-nepalpress.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सम्पर्क समिति पुनर्गठन गरेको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सरस्वती जयसवाल, धनेश्वर साह, कान्छा तामाङ्ग ब्लोन विकास मुख्यसचिव पूर्ण राई सचिवमा तारावीर लिम्बु, अजाज मिकरानी, जया यादव र कोषाध्यक्षमा ई. विन्देश्वर राय यादव चयन भएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, केन्द्रीय सम्पर्क समितिका इन्चार्ज रेखा यादव, सह इन्चार्ज देवराज राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया