शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्प र अञ्जना – Nepal Press

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्प र अञ्जना

काठमाडौं। निर्देशक शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का र अञ्जना बराइलीले अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पले कागजी सम्झौता गरेका हुन।

हाल प्र प्रोडक्सनमा रहेको यो चलचित्रमा पुष्प र अञ्जनासँगै रवीन्द्र झा, शिव आर। ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यसै चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै छन् ।

जुन २०२४ को पहिलो हप्ताबाट छायाङ्कनको लक्ष्य रहेको यस चलचित्रमा आफ्नो देशको सम्भावनालाई वास्ता नगरी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्की बताउँछन्। ‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्नेछु,’कार्की भन्छन्।

चलचित्रको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । छायाङ्कनको समयमा नेपाली चलचित्रमा खासै प्रयोग नगरिएको ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक शङ्कर कार्कीले बताए ।

चलचित्रको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे ९माइकल० हुन् । सुसन प्रजापतिले छायाङ्कन गर्ने यो चलचित्रका निर्माण व्यवस्थापक प्रकाश हमाल हुन् । कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने चलचित्रका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाले बनाउने यो चलचित्रको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ। चलचित्रकी निर्माता आरती शाही हुन् भने तारा नेपाली कार्यकारी निर्माता र धर्म सुवेदी एशोसिएट निर्माता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *