गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस सांसदले गरे वेल घेराउ, सदन स्थगित

२०८० चैत २ गते १६:१८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको वेल घेराउ गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।
उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आईतवार ११ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रतिक्रिया
One thought on “गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस सांसदले गरे वेल घेराउ, सदन स्थगित”
Leave a Reply
सम्बन्धित खवर
भने पछि दाजु – भाउजुहरुको मामा घर तिरको बाटो खुलेको संकेत पायो कांग्रेशले !! खबरदार यो कारबाही रोकिनु हुन्न : जो तानियुन जो सुकै कोचियुन : देश बाच्न तिनीहरु सकिनु पर्छ !! देश बचाउन तिनीहरु कोचियिनु पर्छ !!