प्रवासी नेपाली मञ्च अष्ट्रियाको अन्तरक्रियामा डा. राजन भट्टराई- जनताको निराशा चिर्न यो सरकार बनेको हो – Nepal Press

प्रवासी नेपाली मञ्च अष्ट्रियाको अन्तरक्रियामा डा. राजन भट्टराई- जनताको निराशा चिर्न यो सरकार बनेको हो

भियना । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाको आयोजनामा नेपालको समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

नेकपा एमाले स्थायी समिति सदस्य, परराष्ट्रविद तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा बोल्दै डा. भट्टराईले अहिलेको नेपालको राजनैतिक स्थायित्व र देशलाई गति दिन वर्तमान नवगठबन्धन बनेको र यसले देशको अर्थतन्त्र सुदृढ बनाउँदै विकास निर्माण कार्यलाई अघि बढाउने बताए ।

देशमा सुशासनको प्रत्याभूति दिलाउँदै र जनतामा देखिएको निराशालाई चिर्दै अग्रगमनको लागि यो सरकार निर्माण भएको बताउँदै उनले प्रवासबाट समेत सकारात्मक सन्देश प्रवाह गर्न अपिल गरे ।

प्रवासी नेपाली मञ्च अष्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाको अध्यक्षतामा संचालित सो कार्यकर्मममा अष्ट्रियाको लागि नेपाली राजदुत भरत राज रेग्मीले आफ्नो कार्यकालमा नेपाली डायस्पोरा अष्ट्रियाबाट प्राप्त सहयोगबाट आफू अत्यन्त खुशी भएको र दूतावासबाट धेरै काम गर्ने प्रयास भइरहेको जानकारी गराए ।

उनले विभिन्न संघ संस्थाहरुको सहभागीतामा र सुझावमै दूतावासले आफ्नो सीमा र कर्तव्य सम्झँदै नेपालीहरुको सहयोगको लागि सदैव प्रयत्नशिल रहने बताए ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले मंचको विश्वव्यापी अभियान र यसको उद्देश्य तथा कार्यदिशाबारे जानकारी दिँदै छोटो समयमा राष्ट्रिय कमिटी अष्ट्रिया र विशेषगरी यसको कार्यसमिति विगतमा गरेको कार्यक्रमहरुको प्रशंसा गर्दै आगामी दिनमा समेत दूतावास तथा अन्य संघ संस्थासँगको हातेमालोमा मञ्च अग्रणी समाजिक संस्थामा क्रियाशील हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा एनआरएन यूरोपका निवर्तमान संयोजक संन्तोष भट्टराई, एनआरएन अष्ट्रियाका पूर्वअध्यक्ष बिनोद चौलागाई, निवर्तमान यूरोप महिला उप–संयोजक निता सापकोटा, वरिष्ठ समाजसेवी राम बहादुर विश्वकर्मा तथा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थित थियो ।

अतिथिलाई सभाध्यक्ष थापाले पुष्पगुच्छाले स्वागत गर्दै मायाको चिनो समेत प्रदान गरेकी थिइन् । २ घण्टासम्म चलेको सो कार्यक्रमको सञ्चालन मञ्चका उपसचिव दिनेश बैदावर क्षेत्रले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर