सेन्चुरी बैंकका तत्कालीन सीईओसहित १० जना हाजिरी जमानीमा छुटे – Nepal Press

सेन्चुरी बैंकका तत्कालीन सीईओसहित १० जना हाजिरी जमानीमा छुटे

काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्स हाजिरी जमानीमा छुटेका छन् ।

उनीहरुमाथि सीआईबीले अनुसन्धान गरिरहेको थियो । बिहीबार उनीहरुलाई दैनिक सीआईबीमा हाजिर हुनेगरी छाडिएको बताइएको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थप गरेकोमा अब उनीहरुलाई अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको हा ।

बैंकिङ कसुरमा संलग्न भएको आरोपमा १० उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *