सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलर बजारमा उपलब्ध, यस्ता छन् विशेषता – Nepal Press

सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलर बजारमा उपलब्ध, यस्ता छन् विशेषता

काठमाडौं । सीजी ब्रान्डले नेपालको सबैभन्दा फराकिलो सञ्जाल सहित उचित मूल्यमा स्मार्ट प्रविधियुक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ ।

सीजीले ५ वर्गमा राखेका डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलरहरु उपलब्ध गराएको छ । कम्पनीले यी ५ कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा विभाजन गरेर राखेको हो ।

कम्पनीका अनुसार राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको छ । त्यस्तै, टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्सन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता सुविधाहरू उपलब्ध छन् ।

त्यस्तै, हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरहरू सबै कुलरहरू पनि शून्य प्रतिशत ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध छन् ।

सबै फ्यानहरू उच्च प्रविधिका साथ ३ र ५ स्पीड कन्ट्रोल भएको , हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरू छन् ।

ग्राहकहरूले सीजी डिजिटल शोरूम वा अन्य कुनै साझेदार आउटलेटहरूमा गएर सीजी ब्रान्डको कूलर वा फ्यान खरिद गर्न सकिन्छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिन्छ ।

सीजीले नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आएको छ । साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर