धनुषाधामको संरक्षित वनमा साढे २ घण्टादेखि आगलागी – Nepal Press

धनुषाधामको संरक्षित वनमा साढे २ घण्टादेखि आगलागी

जनकपुरधाम । धनुषाको धनुषाधामस्थित संरक्षित वनमा भीषण आगलागी भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

वनको आगलागी नियन्त्रणमा लिन धनुषाधाम, सबैला, जनकपुरधाम, महेन्द्रनगर लगायतका सात वारुणयन्त्र पुगेको छ । वारुणयन्त्र, गाउँभरका मानिस, सशस्त्र र नेपाल प्रहरी समेत आगो नियन्त्रणको प्रयास गर्दा पनि आगलागी नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार विनय यादवले जानकारी दिए ।

आगो गाउँ र बजारमा फैलिने खतरा बढेको उनले बताए । उनले भने, ‘आगो लागेको दुई घण्टा भयो । तीव्र गतिमा हावा चलिरहेकाले आगो नियन्त्रणमा आउनुको सट्टा झन् फैलिँदै गएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *