रेशमसँगको टसलबारे रञ्जिता भन्छिन्- फरक फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर पर्दैन – Nepal Press

रेशमसँगको टसलबारे रञ्जिता भन्छिन्- फरक फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर पर्दैन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी छन् ।

संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक फरक विचार हुनु स्वाभाविक भए पनि यसले पार्टीलाई कुनै असर नगर्ने बताएकी हुन् ।

उनले पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्नेसमेत बताइन् ।

अध्यक्ष श्रेष्ठले संस्थापक रेशम चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा आफू पनि सँगै रहेको जिकिर गरिन् ।

उनले निर्वाचन आयोगले पार्टी अध्यक्षमा रेशम चौधरीलाई अमान्य भन्दै गरेको निर्णयलाई पनि स्वीकार गरिसकेको बताइन् । नागरिक उन्मुक्ति परिवारको नभई जनताको पार्टी भएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर