देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

२०८० फागुन २९ गते ८:५४

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको हो । सत्ता गठबन्धनमा भएको फेरबदलसँगै देउवाले पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।
बैठकमा संघीय संसदमा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गरिने एक नेताले बताए । कांग्रेस गठबन्धनबाट बाहिरिएको छ ।
प्रतिक्रिया