रेस्ट अफ नेपाल फाइनल प्रवेश, उपाधिका लागि पारसको नेतृत्वमा रहेको टोलीसँग खेल्ने – Nepal Press

रेस्ट अफ नेपाल फाइनल प्रवेश, उपाधिका लागि पारसको नेतृत्वमा रहेको टोलीसँग खेल्ने

काठमाडौं । लिजेन्ड कप टी–१० क्रिकेटमा रुपन्देही लिजेन्ड्सलाईलाई रेस्ट अफ नेपाल पराजित गर्दै फाइनल प्रवेश गरेको छ । रेस्ट अफ नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको रुपन्देही लिजेन्ड्स १० ओभरमा २ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।

सन्जय श्रेष्ठले २०, लालबहादुर अधिकारीले १९ र सन्जिव जोशीले १० रन जोडे पनि जितका लागि प्रयाप्त हुन सकेन । बलिङमा रेस्ट अफ नेपालका लक्पा लामा र राजु बस्न्यातले एकएक विकेट लिए ।

यसअघि रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । रेस्ट अफ नेपालका लागी विकाश डलिले २१, दीपेन्द्र चौधरी १९, पारस लुनिया १४ र राजु बस्न्यातले १० रनको योगदान दिएका थिए ।

बलिङमा रुपन्देही लिजेन्ड्सका सुशन मन श्रेष्ठले ३, हरि थापा, कृशन कुवर र पुनित पोख्रेलले एकएक विकेट लिए । रेस्ट अफ नेपाल अब उपाधिका लागी सन् २०१४ को टी२० विश्वकप टोलीसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर