लिजेन्ड्स १९९६ ले टी-२० विश्वकप खेलेको टोलीलाई दियो ६८ रनको लक्ष्य – Nepal Press

लिजेन्ड्स १९९६ ले टी-२० विश्वकप खेलेको टोलीलाई दियो ६८ रनको लक्ष्य

काठमाडौं । एक्स्ट्राटेक लिजेन्ड कप टी-१० मैत्रीपूर्ण क्रिकेटमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोलीले सन् २०१४ को टी-२० विश्वकप खेलेको टोलीलाई ६८ रनको लक्ष्य दिएको छ ।

रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको लिजेन्ड्स १९९६ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ६७ रन बनायो ।

लिजेन्ड्स १९९६ का लागि राजु खड्काले सर्वाधिक २७ रन जोडे । मनिषराज पाण्डे ११, जगत टमाटा ९, कप्तान लेखबहादुर क्षेत्री ४, पुकार पन्त २, निरा रजोपध्याय १, सन्जय गुरुङ ३, पवन अग्रवाल र मुश्राफ शून्य रनमा आउट भए ।

बलिङमा टी-२० विश्वकप खेलेको टोलीका शक्ति गौचन र स्यामसुङ जुङ थापाले २-२, बद्री पङ्गेनी, दीपेन लम्गेड र ममता क्षेत्रीले १-१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर