सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसमा आगजनी – Nepal Press

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसमा आगजनी

जनकपुरधाम । सर्लाहीको कविलासी नगरपालिका १० सलेमपुरमा एक साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।

ठक्कर दिएको विरोधमा आक्रोशित युवाले ग. २ ख १४४० नम्बरको बसमा आगो लगाएका हुन् ।

मलंगवातर्फ गइरहेको बेला बसले साइकलयात्री जुगल महतोलाई ठक्कर दिएको थियो । महतोलाई उपचारका लागि मलंगवा लगिएको छ ‌।

सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि दाहालले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *