कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने (भिडिओ) – Nepal Press

कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई अघि सार्ने भएको छ । कांग्रेस संसदीय दलको केहीबेरअघि सम्पन्न बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस सचेतक सुशीला थिङले बताइन् ।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो । सत्ता समीकरण परिवर्तनसँगै नयाँ गठबन्धनको स्थिति बलियो देखेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको छ । देउवाले सिटौलालाई राष्ट्रियसभा दलको नेता नियुक्त गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर