दक्षिणासहित पशुपतिबाट साधुसन्तहरुको बिदाई (तस्बिरहरु/भिडिओ) – Nepal Press

दक्षिणासहित पशुपतिबाट साधुसन्तहरुको बिदाई (तस्बिरहरु/भिडिओ)

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई दक्षिणासहित बिदा गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले आइतबार भारतलगायत विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुलाई दक्षिणा दिएर बिदाइ गरेको हो ।

यसपालि महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाई गरिएको कोषले जनाएको छ ।

यसवर्ष साधुसन्तको बिदाई र दक्षिणाका लागि करिब २० लाख छुट्टाइएको गुठी संस्थानले जनाएको छ।  काेष र गुठीले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षाेनी दक्षिनासहित बिदाई गर्दै आइरहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *