आर्सनल शीर्ष स्थानमा उक्लियो – Nepal Press

आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डमाथि २–१ गोलले पराजित गर्दै एक खेल बढी खेलेको आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

शनिबार राती नै भएको अन्य खेलहरुमा वुल्भ्सले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–० को सहज जित निकाल्दा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ गोलेको बराबरी खेलेका छन् ।

यस्तै क्रिष्टल प्यालेस र लुटन टाउनले पनि एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर