नाटक ‘बोक्सीको घर’ माथि केकीले बनाइन् फिल्म, मूख्य भूमिका आफ्नै (भिडिओ) – Nepal Press

नाटक ‘बोक्सीको घर’ माथि केकीले बनाइन् फिल्म, मूख्य भूमिका आफ्नै (भिडिओ)

काठमाडौं । ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर नयाँ चलचित्रको निर्माण गरिएको छ । बद्री अधिकारी निर्माता रहेको फिल्ममा उनकी छोरी केकी अधिकारी प्रमुख भूमिकामा छिन् ।

नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको छ । सामाजिक(थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना अभिनेत्री तथा निर्मात्री अधिकारीको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता राज घिमिरे हुन् ।

चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

भिडिओ


प्रतिक्रिया

One thought on “नाटक ‘बोक्सीको घर’ माथि केकीले बनाइन् फिल्म, मूख्य भूमिका आफ्नै (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर