चित्रबहादुरको आरोप- प्रचण्डले राजनीतिक अराजकता मच्चाए, हामी प्रतिपक्षमा छौं – Nepal Press

चित्रबहादुरको आरोप- प्रचण्डले राजनीतिक अराजकता मच्चाए, हामी प्रतिपक्षमा छौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अराजकता बढाएको आरोप लगाएका छन् । जनमोर्चा कांग्रेस नेतृत्वको गठबन्धनको सुरुआतदेखि नै सहयात्री हो ।

उनले प्रतिगमतनको खतरा अहिले पनि खतरा हुँदा पनि प्रचण्डले सत्ता र शक्तिको लागि एमालेसँग काँध मिलाएको आरोप लगाए ।

उनले नेपाल प्रेससँग भने, प्रचण्डले सत्ता समीकरण फेर्नु राजनीतिक अराजकता हो । प्रतिगमनको खतरा त अहिले पनि छ नि । ओलीकै कारणले राप्रपाले अहिले १४ सीट ल्याएको हो नि। ०७४ सालमा त एउटा मात्रै सीट थियो। अहिले पनि प्रतिगमन हावी हुँदैछ ।

अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठिरहेको बताउँदै अहिले पनि गठबन्धनको आवश्यकता भएको जिकिर गरे ।

अध्यक्ष केसीले थपे, संविधान र व्यवस्थाको रक्षाको लागि अहिले पनि गठबन्धन आवश्यकता थियो। तर, यीनिहरुलाई सत्ता र शक्तिबाहेक अरु केही नचाहिने। प्रचण्ड सत्ताकै लागि एक बर्षमा दुई पटक बालकोट दुई पटक बुढानिलकण्ड पुगिसकेका छन् ।

उनले प्रचण्डले सत्ता समीकरण फेरेपछि समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको बताए ।

पहिला त जनमोर्चा सरकारमा नगएपनि तपाईंले विश्वासको मत दिनुभएको थियो अब के गर्नुहुन्छ भन्ने जिज्ञासामा उनी भन्छन्, अहिले हामी प्रतिपक्षमा बसेका छौं । अब मत दिने बेलासम्म कसरी जान्छन् हेर्न बाँकी छन् ।

त्यसो त कांग्रेस नेतृत्वको गठबन्धन हुँदा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यमा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति बनेको थियो । पौडेल प्यूठानबाट गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार हुँदा नेकपा एमालेका सूर्य थापासँग पराजित भएकी थिइन् ।

तपाईंहरुलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कोटा दिने कुरा भएको थियो अब गठबन्धन फेरिएपछि के हुन्छ? त्यसबेलामा सर्वदलीय बैठकमा नै हामीलाई दिने भनेर प्रचण्ड र शेरबहादुरले भनेका हुन्। अब त्यो गठबन्धन नै भत्किसक्यो । त्यसबारे उहाँलाई नै सोध्नुस् ।

 


प्रतिक्रिया

2 thoughts on “चित्रबहादुरको आरोप- प्रचण्डले राजनीतिक अराजकता मच्चाए, हामी प्रतिपक्षमा छौं

  1. जनमोर्चा कम्युनिष्ट नै होईन । यो त पहिले दरवार र अहिले दिल्लीको दाना खाएर बाँचेकाो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर