संसदीय दलमा देउवाको दुखेसो- प्रचण्डजस्ता धोकेबाजलाई भन्ने शब्द छैन, यस्ताको औषधी हुन्न – Nepal Press

संसदीय दलमा देउवाको दुखेसो- प्रचण्डजस्ता धोकेबाजलाई भन्ने शब्द छैन, यस्ताको औषधी हुन्न

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाजको संज्ञा दिएका छन् ।

पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले प्रचण्डजस्ता धोकेबाजको कुनै औषधि समेत नभएको टिप्पणी गरे ।

दलको बैठकमा उनले भने, ‘मैले त सबै सहेकै थिएँ, आफ्नै साथीभाइहरूलाई चित्त दुखाएर पनि गठबन्धन जोगाउन सहेरै बसेँ । तर प्रचण्डले धोका दियो । यस्तालाई के भन्ने मसँग त शब्दै छैन, धोकेबाजको औषधी छैन ।’

संसदीय दलको बैठक सरकारमाथिको समर्थन फिर्ता लिने प्रयोजनको लागि बसेको थियो । बिहीबारको बैठकमा सांसदहरूले भने बोल्न पाएनन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले लगायतका दलहरूसँग नयाँ गठबन्धन बनाउँदै सरकार विस्तार समेत गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर