चैतमा पनि निक्षेपको ब्याजदर घट्ने – Nepal Press

चैतमा पनि निक्षेपको ब्याजदर घट्ने

काठमाडौँ । चैतमा पनि निक्षेपको ब्याजदर घट्न सक्ने देखिएको छ । बैंकमा लगानीयोग्य रकम थुप्रिदा पनि कर्जा प्रवाह हुन नसकेको एभरेष्ट बैंकका सिइओ सुदेश खालिङले बताए ।

कर्जा नै नगएपछि पैसा मात्र थुपार्दा बैंकहरुको लागत बढेको उनले बताए । गत साउन देखि घट्न थालेको निक्षेपको ब्याजदर घट्ने क्रम महिनै पिच्छे जारी रह्यो ।

चैतमा पनि केही बैंकले ब्याजदर घटाउन सक्ने खालिङले बताए ।

उनी भन्छन्, ‘ब्याजदर पनि यहाँ भन्दा कति घट्ने भन्ने हो । सम्भवतः चैतमा घटेपछि त्यो अन्तिम विन्दु हुन सक्छ । अब मन्त्री परिवर्तन भएको छ । केही न केही गर्लान् ।’

वाणिज्य बैंकहरूले फागुनमा अधिकतम ब्याजदर ८।५ प्रतिशत तोकेका थिए। त्यो ब्याजदर चैतमा केही घट्न सक्ने देखिएको छ । किनभने बैंकहरुले कर्जा लगानी नहुँदा राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजदरमै पैसा राख्न बाध्य छन् । ७/८ प्रतिशतमा लिएको निक्षेप ३ प्रतिशतमा राख्नुपर्दा बैंकहरु मर्कामा परेको खालिङको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर