रास्वपासँगै एमालेलाई पनि कांग्रेसले गरेको थियो प्रधानमन्त्रीको अफर, नमानेपछि माधवतिर ट्रान्सफर – Nepal Press

रास्वपासँगै एमालेलाई पनि कांग्रेसले गरेको थियो प्रधानमन्त्रीको अफर, नमानेपछि माधवतिर ट्रान्सफर

प्रदीप ज्ञवाली भन्छन्- उहाँहरूबाट प्रस्ताव आयो, हामीले अब सम्भव छैन भन्यौं

काठमाडौं । नयाँ गठवन्धन निर्माणबाट स्तब्ध बनेको कांग्रेस जसरी पनि यसलाई भत्काउने अभियानमा लागेको छ । वैकल्पिक गठवन्धन निर्माणको मुर्त पहल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको निवासमा छिरेका छन् ।

कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्रीको अफर गर्छ वा गर्दैन भन्ने केही बेरमा थाहा हुने छ । तर, यसअघि नै कांग्रेसले यो नयाँ गठवन्धनको सबैभन्दा ठूलो दल एमालेलाई समेत प्रधानमन्त्री पदको अफर गरेको खुलेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालले कांग्रेसबाट अफर आएको पुष्टि गरे ।

उनले भने, ‘उहाँहरूबाट यस्तो आशयको प्रस्ताव आएको हो । तर, हामीले पहिले प्रस्ताव गर्दा मान्नुभएन, हामीले समझदारीमा धोका दिने कुरा भएन, अब त्यो सम्भव हुँदैन भनेर भन्यौं । उहाँहरूले ढिलो भएको र गल्ती भएको विषय रियलाइज गर्नुभएको पनि बताउनुभयो ।’

कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई समेत अनौपचारिक च्यानलबाट प्रधानमन्त्रीको अफर पुर्याएको थियो । तर, रविले पनि यसलाई सिरियसली लिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर