एमाले सङ्खुवासभाको अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, यी हुन् पदाधिकारीका उम्मेदवार – Nepal Press

एमाले सङ्खुवासभाको अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, यी हुन् पदाधिकारीका उम्मेदवार

विराटनगर । नेकपा एमालेको सङ्खुवासभाको अध्यक्ष बाहेक पदाधिकारी छान्न निर्वाचन प्रक्रिया सुरु भएको छ ।

सर्वसम्मत रूपमा नेतृत्व छान्न सकस भएपछि निर्वाचन प्रक्रियामा गएको एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले बताए ।

अहिले उमेदवारको मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ । निर्वाचन अधिकृत भविश्वर गुरुङका अनुसार उपाध्यक्षमा शान्ति दाहाल, सुमन श्रेष्ठ र यादव अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

यस्तै सचिवमा नारायण कट्टुवाल, भरत खड्का र गोपाल श्रेष्ठको उम्मेदवारी परेको छ । दुई जना उप सचिवमा भने ५ जनाको मनोनयन दर्ता भएको गुरुङले बताए ।

उप सचिवमा ललित कट्टुवाल लेखनाथ बुढाथोकी,सुनिता कट्टुवाल, मनमाया तामाङ र हेमकुमारी चौहानले मनोनयन दर्ता गराएका छन् । अधिवेशनले ९० जनाको कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा ४ सय ५७ जना प्रतिनिधि रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर