साफ यू-१६ महिला च्याम्पियनशिप: नेपालद्वारा भूटान पराजित – Nepal Press

साफ यू-१६ महिला च्याम्पियनशिप: नेपालद्वारा भूटान पराजित

काठमाडौं । काठमाडौंमा जारी साफ यू-१६ महिला च्याम्पियनशिपमा नेपाल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भूटानलाई पराजित गरेको हो ।

नेपालले भूटानलाई ३-० गोलले पराजित गर्दै शीर्ष २ मा पुग्ने झिनो सम्भावनालाई कायम राखेको छ ।

खेलको १४औं मिनेटमा पूजा गिरीले गोल गर्दै नेपाललाई अग्रता दिएकी थिइन् । १८ औं मिनेटमा कप्तान भूमिका बुढाथोकीले गोल गर्दै घरेलु टीमको अग्रता दोब्बर पारिन् । नेपालको लागि तेस्रो गोल ग्यान्छु डोल्मा लोले खेलको ३० औं मिनेटमा गरेकी थिइन् ।

खेलको दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल भएन र नेपालले खेल ३-० ले जित्यो ।

प्रतियोगितामा सुरुवाती दुई खेल गुमाएको भूटान च्याम्पियनशिपबाट बाहिरिएको छ । अब नेपालले भारतसँग हुने खेलमा जीत निकाल्न सके र बंगलादेशलाई भूटानले फराकिलो गोल अन्तरले पराजित गर्न सकेमात्रै नेपालको फाइनल यात्रा तय हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर